निष्पक्ष जाँच गर्नुपर्ने माग ऱ्याली

23-28-19-fb93ca0d-9178-4217-8c76-618907eb12cd-1024x400.jpg

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषद्ले आज सीबीआई, ईडी-ले निष्पक्ष जाँच गर्नुपर्ने माग गर्दै सिलगढीमा एउटा न्याली निकाल्यो। सिलगढी कलेज अघिबाट एउटा न्याली निकालेर हासमी चोक हुँदै सहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। उक्त न्यालीमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदब्रत दत्त लगायत पार्टीका अन्य नेतृत्वहरू उपस्थित थिए। यस अवसरमा पापिया घोषले भनिन्, भाजपा-ले सीबीआई, ईडी लाई प्रयोग गरिरहेको छ। राजनैतिक रूपमा ममता ब्यानर्जीसित मुकाबला गर्न नसकेपछि भाजपाले हाम्रा केही प्रभावशाली नेतृत्वहरूको पछाडि सीबीआई र ईडी-लाई लगाइरहेको छ। यसको आफूहरूद्वारा प्रतिवाद जनाउँदछौँ। भाजपा-ले राजनीतिक रूपमा मुकाबला गरोस् साथै सीबीआई, ईडी-ले निष्पक्ष जाँच गरोस् भन्ने आफूहरूको माग रहेको तिनले बताइन्।

About Author

Advertisement