निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20230206-WA0020.jpg

गोरुबथान(निस): गीतकोलबुङ संरक्षण परिवारको आयोजनामा र इन्डियन रेड क्रस सोसाइटी, कालिम्पोङ शाखा,जेमगन कोङट्रु आई सेन्टर, एनिमल रिसोर्स डेभलपमेन्ट डिपार्टमेन्ट अनि कालिम्पोङ एनिमल सेल्टरको सह आयोजनामा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। यस शिविरमा निशुल्क आँखा जाँच, रक्त वर्गीकरण जाँच, निशुल्क औषधी वितरण, पशुको लागि पनि निशुल्क भ्याक्सिन र औषधि प्रदान गरियो। यस शिविरमा ई एन टी अनि जेनरल फिजिसियनले बिरामीहरुको जाँच गर्यो।सन्त क्लिरेन्स विद्यालय गीतकोलबुङको प्रेक्षागृहमा समपन्न यस शिविरमा धेरै सर्वसाधारणले लाभ उठाएको जानकारी सुशन थापाले दिएका छन्। यस शिविरलाई सुचारु रुपमा सन्चालन संयुक्त नारी संगठन, नारी प्रगति संगठन र शिशु कल्याण संघले सहयोग गरेका थिए।

About Author

Advertisement