नि:शुल्क आमासा हिलिङ शिविरको समापन

नाम्ची। आज सात दिवसीय नि:शुल्क आमासा हिलिङ शिविरको समापन कार्यक्रम दक्षिण सिक्किमअन्तर्गत रोङबुल जीपीयूको सिङताममा सम्पन्न भयो। कार्यक्रममा भवन एवं आवास विभागका अध्यक्ष टाँसीदोर्जी तामाङ मुख्य अतिथि रहेका थिए। कार्यक्रमको आयोजना हेभेन्ली निर्वाण पाथ, सिक्किमले गरेको थियो।

उल्लेखनीय छ, आमासा हिलिङ हेभेन्ली निर्वाण पाथका प्रवर्तक गुरुहजुरले शुरू गरेका हुन्। आमासा हिलिङ ध्यानद्वारा आत्मा, मन र शरीरकाे उपचार गरिने गरेकाे बताइएकाे छ।

कार्यक्रममा सम्बाेधन गर्दै मुख्य अतिथि टाँसीदाेर्जी तामाङले आमासा हिलिङद्वारा लाभ प्राप्त गर्नेहरूलाई बधाई-शुभकामना दिए। गाउँ-समाजलाई यस प्रकारकाे आध्यात्मिक कार्यक्रमले सकारात्मक दिशा दिने बताउँदै प्रेमले नै समाज र सङ्गठनलाई बलियाे बनाउने बताए। आजकाे कार्यक्रममा गुरुहरूले दिएका ज्ञानलाई व्यवाहरमा उतार्न सके मात्र कार्यक्रम सफल हुने बताउँदै समाजलाई राम्राे समाज बनाउन सबैकाे उत्तरदायित्व रहेकाे बताए। उनले युवाहरूलाई विभिन्न सुझाउहरू पनि दिएका थिए।

कार्यक्रममा भिक्षु नानी रिम्पोछे, व्यासानन्द गुरू मनबहादुर छेत्री, सेमिङ गुरु विक्रम राई र सेमिङ गुरु सुरेन्द्र राईले पनि प्रवचन दिएका थिए। कार्यक्रममा हेभेन्ली निर्वाण पाथ, सिक्किमका उपाध्यक्ष हुकुमचन्द्र राईले यस सात दिनव्यापी आमासा हिलिङ शिविरकाे प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा भजन आदि पनि भएकाे थियाे। कार्यक्रममा भू प्रयाेग एवं पार्यवरण बाेर्डका सल्लाहकार भगिरथ राई, हेभेन्ली निर्वाण पाथ सिक्किमका अध्यक्ष मिरा राई आदिकाे पनि उपस्थिति रहेकाे थियाे।

About Author

Advertisement