निर्माण प्रकाशणद्वारा पाँच जना साहित्यकारहरूलाई पुरस्कार प्रदान गर्ने

photocollage_202352323533796.jpg

गान्तोक: धेरै वर्षदेखि नेपाली भाषा-साहित्यको अनवरत सेवा गर्दै आएको निर्माण प्रकाशनले आगामी १० जूनको दिन सातौं निर्माण पुरस्कारद्वारा पाँचजना विशिष्ठ लेखक साहित्यकारहरूलाई अलङ्करण गर्ने निर्णय गरेको छ।

निर्माण प्रकाशनले सन् १९९८-देखि प्रदान गर्दै आएको आशरानी चामलिङ निर्माण पुरस्कार, आशबहादुर चामलिङ निर्माण पुरस्कार, गोपाल गाउँले निर्माण पुरस्कारका साथै युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्न यसै वर्ष स्थापित भीम दाहाल निर्माण युवा पुरस्कार यस समारोहमा प्रदान गरिनेछ।

समारोहमा वरिष्ठ साहित्यकार, उपन्यासकार तथा लेखक कृष्णसिंह मोक्तानलाई आशबहादुर चामलिङ निर्माण पुरस्कार, वरिष्ठ समालोचक एवम् भाषाविद् प्राध्यापक डा. घनश्याम नेपाललाई आशरानी चामलिङ निर्माण पुरस्कार, वरिष्ठ संगीतकार एवम् लेखक बुलु मुकारुङलाई गोपाल गाउँले निर्माण पुरस्कार अनि युवा कविद्वय नीलम गुरुङ अनि पल्लविब सिङ्घकलाई संयुक्त रूपमा भीम दाहाल निर्माण युवा पुरस्कार प्रदान गरिने निर्णय गरिएको छ। उक्त समारोहमा निर्माण प्रकाशनद्वारा प्रकाशित रूपनारायण सिंह, अच्छा राई ‘रसिक’, महानन्द पौड्यालका सम्पूर्ण कृतिहरू पनि लोकार्पण गरिनेछ। यसका अतिरिक्त विभिन्न लेखक साहित्यकारहरूद्वारा रचित पुस्तकहरू पनि लोकार्पण गरिने विज्ञप्तिमा उल्लेख गरेको छ।

About Author

Advertisement