निर्दल प्रार्थी सुमेन्द्र तामाङको पक्षमा खरसाङमा साङ्गीतिक रैलीसहित चुनावी सभा सम्पन्न

IMG-20260406-WA0103

खरसाङ: आगामी विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिबाट चुनाउको मैदानमा उत्रिएका निर्दल प्रार्थी सुमेन्द्र तामाङले आफ्नो चुनावी प्रचारलाई अघि बढाउँदै आज खरसाङमा एक साङ्गीतिक ऱ्याली अनि सभा गरेका छन्। खरसाङको रेलवे स्टेशन परिसरबाट गीतहरू गाउँदै शहरको मूल सडक भएर यहाँको बस बिसौनीमा ऱ्याली पुग्यो अनि त्यहाँ एक सभाको आयोजना गरियो। सुमेन्द्र तामाङले यस अवधि तिनीहरूको प्रचार अनि सभा साङ्गीतिक रूपमा हुने औ त्यहाँ विभिन्न क्षेत्रबाट युवा तथा श्रमजीवी साहित्यकार, सङ्गीतकारहरू अनि श्रमिकहरूको उपस्थिति रहने जनाए। ग्रेसी राई थुलुङले सुमेन्द्र तामाङलाई भोट दिनुको औचित्यबारे प्रकाश पार्दै तामाङ यस चुनाउमा श्रमजीवीहरूको आवाज बनेर अघि आएका छन् त्यसर्थ सबै श्रमजीवी तथा युवावर्ग अनि आम मानिसहरूले उनलाई साथ दिनुपर्ने बताइन्।

थुलुङले विगत पन्ध्र वर्ष अघिदेखि सुमेन्द्र तामाङले डुवर्सदेखि लिएर पहाड, तराई सबैतिर श्रमिकहरूको हितको निम्ति सङ्घर्ष गरिरहेका छन् भन्दै आन्दोलन र सङ्घर्ष गर्नु मात्र ठूलो कुरा होइन तर आन्दोलन र सङ्घर्षलाई निरन्तरता दिनु ठूलो कुरा हो भनी जनाइन्।

About Author

Advertisement