नियुक्ति भ्रष्टाचार मामिलामा केन्द्रिय एजेन्सीले काकू र एक प्रमोटिङ एजेन्सीबीच सम्पर्क खोज्यो

IMG-20230410-WA0169-11-300x172-18

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेको कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्र र कोलकाताको ठूलो प्रमोटिङ संस्थानबीच सम्पर्कहरूको पुष्टि भएको छ। केन्द्रिय एजेन्सीले सोमवार यसबारे बताएको छ। केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले आफ्नो जाँचमा काकूले आफ्नो संस्थाको माध्यमले यस प्रमोटिङ एजेन्सीलाई जोड़ेको पायो। यसको माध्यमले करोड़ौं रूपियाँको अवैध असूलीलाई ब्ल्याकदेखि व्हाइट गरिन्थ्यो। ईडीले आफ्नो चार्जशीटमा पनि यसको उल्लेख गरेको छ।

कालीघाटका काकूका दुई स्थानहरूको नाम वेल्थ विजार्ड र एमडी कन्स्लटेन्सी रहेको छ। एमडी कन्स्लटेन्सीको तर्फबाट त्यस प्रमोटिङ संस्थालाई लगभग २.३० करोड़को भुकतान गरिएको थियो जबकि हिसाबमा केवल ९५ लाख रूपियाँ देखाइएको थियो। यसै गरी काकूको संस्था र प्रमोटिङ संस्थाबीच करोड़ौं रूपियाँको लेनदेन भएको छ। यसैले केन्द्रिय एजेन्सीहरू शुरूदेखि यसको जाँचमा जुटेका छन्।

-हिस

About Author

Advertisement