नियुक्ति भ्रष्टाचारः कालीघाटका काकूसित सम्बन्धित संस्थाको अधिकारीलाई ईडीको नोटिस

00-1-Rajya-Samachar-3

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालय (ईडी) ले कालीघाटका काकू उर्फ सुजय कृष्ण भद्रसित जुड़ेका तीन संस्थाहरूमध्ये एकको अधिकारीलाई नोटिस पठाएको छ। सोमवार नोटिस दिएर उसलाई छिटोभन्दा छिटो संस्थाको अकाउन्टमा भएको लेनदेनसित सम्बन्धित दस्तावेज लिएर सीजीओ कम्प्लेक्स स्थित ईडी अफिस आउनलाई भनिएको छ। अधिकारीको नाम अमित कुमार कर्मकार बताइएको छ।

सूत्रहरू अनुसार, सुजय कृष्ण भद्रको संस्थासित अमित कुमारको सम्बन्ध रहिआएको छ। उनी अकाउन्टमा भएको लेनदेनसित सम्बन्धि हिसाब-किताब राख्छन्। नियुक्ति भ्रष्टाचारमा असूली गरिएको राशिलाई ब्ल्याकदेखि व्हाइट बनाउनका लागि यी संस्थाहरूको प्रयोग गरिएको दाबी गरिएको छ। गत शनिवार ईडीले सुजय कृष्ण भद्र समेत अन्य तीन संस्थाका आफिसमा छापामारी गरेको थियो। त्यहीमध्ये एक संस्था अमित कुमारको हो।

उल्लेख्य, नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल कांग्रेसका निष्कासित नेता कुन्तल घोषको कालीघाटका काकूसित एकदमै नजिकको सम्बन्ध रहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जी र पछि उनका भतिज अभिषेक ब्यानर्जीको निम्ति काम गर्नेले सुजयको नाममा कुन्तलले असूली गर्नेगरेको आरोप छ। अब केन्द्रिय एजेन्सी अमितबाट अकाउन्टमा भएको लेनदेनबारे जानकारी हासिल गर्नमा जुटेको छ।

-हिस

About Author

Advertisement