नियुक्ति पत्रबारे अर्को विवाद

Chhetriya-Samachar

सिलगढी: थ्रेट कल्चर र भ्रष्टाचार पछि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल अब नक्कली नियुक्ति पत्र मामिलामा हेडलाइनमा छ। यो कुरा बाहिर आएपछि राज्यको स्वास्थ्य विभाग फेरि एकपटक विवादमा परेको छ। अहले फेरि नक्कली नियुक्ति पत्रको कुरा उठेको छ। उक्त पत्रमा सरकारी छापसँगै विश्व बंगलाको लोगो पनि फेला परेको छ। यति मात्र होइन, यो नियुक्ति पत्रमा कोलकाताको सल्ट लेकमा रहेको स्वास्थ्य भवनको ठेगाना पनि लेखिएको छ। जसमा स्वास्थ्य भवनको छाप पनि राखिएको छ। त्यसपछि राज्यको स्वास्थ्य विभाग र उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा यो नक्कली नियुक्ति पत्र मामलामा केही ठूला गिरोह संलग्न रहेको आरोप लाग्न थालेको छ। हिजो रायगञ्जका मुस्ताक अलि र इमरान अलि समूह डीको नोकरीको लागि नियुक्ति पत्र लिएर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पुगेका थिए। यसै क्रममा मेडिकल व्यवस्थापनले नियुक्ति पत्रको जाँच गर्दा मेडिकल कलेजमा ग्रुप डीको नोकरीको लागि नियुक्ति प्रक्रिया नै नभएको पाइयो। यसपछि मेडिकल थानाका ओसीलाई घटनाबारे जानकारी गराइयो। त्यसपछि पुलिसले दुवैलाई नियन्त्रणमा लियो। उनीहरुको साथबाट पुलिसले नियुक्ति पत्र बरामद गरेको छ। यो नियुक्ति पत्र कसरी तयार भयो? यसको पछाडि को संलग्न छ? यसबारे पुलिसले अनुसन्धान थालेको छ। हाल उनीहरुसँग सोधपुछ भइरहेको छ। साथै यस विषयमा स्वास्थ्य विभागलाई जानकारी दिइएको छ।

About Author

Advertisement