निमती दोमोहनीमा हर्टिकल्चरको निम्ति जमीन सीमाङ्कन

4f4776cc-975d-487b-aab5-7b6fa71f68c8


कालचिनी – कालचिनी खण्डको निमती दोमोहनीस्थित कालजनी सेतु संलग्न रहेको सरकारी जमीनमा हर्टिकल्चर लगायत एग्रो औ फूड प्रोसेसिङ यूनिटको निम्ति आज हर्टिकल्चर विभागको अधिकारीहरूको उपस्थितिमा जमीन सीमाङ्कन भएको सम्बन्धित सुत्रले जनाएका छन्। आज उक्त जमीनको सीमाङ्कन गर्न आइपुगेका हर्टिकल्चर विभागको अधिकारीहरूले भूमि औ भूमि राजस्व विभागबाट प्राप्त गरेको प्रायः ३० एकर जमीनको सीमाङ्कन गरेको थियो भने चाड़ै जमीनमा सीमा खाँबा बसाएर काम शुरु गर्ने सङ्केत दिएको छ।

प्रशासनिक सुत्रले यस ठाउँमा हर्टिकल्चरको परियोजना शुरु भए यहाँका स्थानीय बासिन्दाहरूले रोजगार पाउने र यसले यहाँको वातावरण पनि शुद्ध हुने बताएका छन्। आज उक्त जमीन सीमाङ्कन गर्न आइपुगेका हर्टिकल्चर विभागको अधिकारीहरू लगायत कालचिनी थानाको सहायक प्रभारी फजलुल हक निमती आउटपोस्टका प्रभारी अमित शर्मा एवम् कालचिनी बीएलआरओ अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement