नितेस राईद्वारा सम्पादित सामयिक साहित्यिक पत्रिका ‘सम्प्रेषण’ को इन्द्रेणी अंक विमोचन हुने

IMG_20220921_205635.jpg

खरसाङ: युवा सर्जक नितेस राईद्वारा सम्पादित सामयिक साहित्यिक पत्रिकाको इन्द्रेणी अंक विमोचन हुने भएको छ। सन् २०१९ देखि निरन्तर रुपमा प्रकाशित हुँदै आएका सामयिक साहित्यिक पत्रिका ‘सम्प्रेषण’को इन्द्रेणी अङ्क आगामी २५ सेप्टेम्बर आईतबारको दिन मंग्पुको सन्त मङ्गल हाई स्कूलमा बिहान १० बजीदेखि भव्य कार्यक्रमबीच विमोचन हुने तय भएको छ। खरसाङको सिटोङ एक निवासी युवा सर्जक नितेस राईद्वारा खरसाङ क्षेत्रबाट निरन्तर रुपमा साहित्यिक पत्रिका सम्प्रेषण सम्पादन गरेर प्रकाशन गरिरहेका छन् अनि साहित्य सेवामा लागिपरेका छन्। यसपाली उक्त पत्रिकाको इन्द्रेणी अंक मंग्पुमा विमोचन गरिने भएको छ। यसको साथै मङ्पु साहित्य संस्थानको तत्त्वावधानमा आगामी २५ सेप्टेम्बर २०२२ आइतबारको दिन नारी हस्ताक्षर सुभद्रा बम्जन लिखित पाँचौं कृति आँखीझ्यालबाट (लेख सङ्ग्रह) पनि विमोचन गरिने भएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement