निङ्गालेका विभिन्न दलका समर्थकहरू भारतीय गोर्खा जनशक्ति मोर्चामा आबद्ध

FB_IMG_1772881546330

मिरिक: मिरिकको निङ्गाले क्षेत्रका तृणमूल काँग्रेस र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केही समर्थकहरू इण्डियन गोर्खा जनशक्ति फ्रन्टका अध्यक्ष अजय एडवर्डको निवासमा उपस्थित भई भारतीय गोर्खा जनशक्ति फ्रन्टमा आबद्ध भए।
प्राप्त जानकारी अनुसार एडवर्डले उक्त कार्यक्रममा नयाँ सदस्यहरूलाई मोर्चामा स्वागत गरे। साथै उनीहरूले गोर्खा समाजको हित र क्षेत्रीय विकासका लागि आइजीजेएफसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नयाँ सदस्यहरूलाई स्वागत गर्न मिरिक संयोजक प्रशान्त लामा, समष्टि अध्यक्ष प्रीतम तामाङ तथा सचिव सोनाम तामाङ उपस्थित थिए। उनिहरूले पनि नवआबद्ध सदस्यहरूलाई मोर्चाको परिवारमा हार्दिक स्वागत गर्दै आगामी दिनहरूमा संगठनलाई अझ सशक्त बनाउन सबै मिलेर काम गर्ने विश्वास व्यक्त गरे।

About Author

Advertisement