निगम नियुक्ति भ्रष्टाचारको सीबीआई जाँच जारी रहने

00-1-Rajya-Samachar-3

कोलकाताः पश्चिम बंगालका विभिन्न नगरपालिकाहरूमा भएका नियुक्तिमा पनि धांधलीको सीबीआई जाँच सम्बन्धी कलकत्ता हाईकोर्टको एकल पीठको फसेलालाई खण्डपीठले कायम राखेको छ। जस्टिस अपूर्वा सिन्हा सरकार र न्यायाधीश विश्वजीत बसुको खण्डपीठले सोमवार यो आदेश सुनाएको छ।

केन्द्रिय एजेन्सीका अधिवक्ता फिरोज इडूलजीले कोर्टलाई भने, शिक्षक नियुक्ति भ्रष्टाचार र निगम नियुक्ति एक-अर्कासित सम्बन्धित छन्। नियुक्ति मामिलामा गत १४ अप्रेलमा पक्रा परेका प्रमोटर अयन शीलको घरबाट शिक्षक नियुक्ति र नगर पालिका नियुक्तिको दस्तावेज भेटिएको छ। यसैको आधारमा न्यायमूर्ति अभिजीत गांगुलीले सीबीआईलाई दुवै मामिलाको जाँच गर्ने आदेश दिएका थिए।

राज्य सरकारका अधिवक्ता जयदीप करले दुवै मामिला एक-अर्कासित सम्बन्धित छैनन् भने। यस विषयमा कोर्टले भन्यो, यो जाँचपछि नै स्पष्ट हुनेछ। एकै व्यक्तिको घरबाट दुवै नियुक्तिको दस्तावेज भेटिएको छ। उनी पहिलेदेखि पक्रा परेका थिए। यसैले यस मामिलामा सीबीआई जाँच जारी रहनेछ।

-हिस

About Author

Advertisement