निखोज दिव्याङ्ग नाबालिकालाई उद्धारपछि सुम्पियो परिवारलाई

IMG-20230603-WA0146.jpg

सिलगढी: मतिगढाको चाँदमुनी निवासी दिव्याङ्ग नाबालिका हिजो दिउँसोदेखि निखोज भएकी थिइन्। सिलगढीको ट्राफिक पुलिसको सहयोगमा सो नाबालिकालाई आज उद्धार गरेपछि परिवारलाई सुम्पिदिएको छ। हिजो दिउँसोदेखि सो नाबालिका निखोज भएकी थिइन्। साँझको समय नौकाघाट मोडमा कार्यरत ट्राफिक पुलिस कर्मीहरूले सो नाबालिकालाई घुमफिर गरिरहेको देखेपछि तिनको परिचय जुटाउने प्रयास गर्दा नाबालिका दिव्याङ्ग रहेको थाहा पाए। यसपछि समाजसेवी मुनमुन सरकार सहयोगमा सोशल मीडिया लाइभ गरेर सो नाबालिकाको परिचय जुटाउने प्रयास गरियो। यसपछि सो नाबालिकालाई एनजेपी थानामा लगियो। मुनमुन सरकारले सोशल मीडियामा गरेको लाइभ मार्फत् उक्त नाबालिकाको परिवारका सदस्यहरूबारे थाहा लागेपछि तिनीहरूलाई जानकारी गराइयो। खबर पाएर राति साढ़े १० बजी उक्त नाबालिकाको बोज्यु र आमा थानामा पुगेपछि पुलिसले उक्त नाबालिकालाई परिवारको हातमा सुम्पिदिए। निखोज भएकी नाबालिका उद्धार भए तापनि तिनको भविष्यलाई लिएर आमा चिन्तित छन्। यस्तो परिस्थितिमा तिनले सहयोगको अपील गरेकी छन्। अर्कोतिर, समाजसेवी मुनमुन सरकारले उक्त नाबालिकाको सहयोग गर्ने आश्वासन दिएकी छन्।

About Author

Advertisement