नासाको भूउपग्रहमा कैद भयो उत्तर भारतको प्रदूषण

screenshot_2026-11-10_at_11.58.28_am

तिहारपछिको तस्बिरले बढाएको चिन्ता​

नयाँ दिल्ली: अमेरिकी अन्तरिक्ष संस्था नासाका ‘वर्ल्डभ्यू’ र ‘मोडिस’ भूउपग्रहले उत्तर भारत र पाकिस्तानमाथि छाएको प्रदूषण र बाक्लो तुवाँलोको तस्बिर कैद गरेका छन्। तिहारको दुई दिनपछि (नोभेम्बर १० मा) लिइएका यी अन्तरिक्ष तस्बिरहरूमा दिल्ली, पन्जाब, हरियाणा, पश्चिमी उत्तर प्रदेशदेखि पाकिस्तानसम्म फैलिएको सिन्धु-गङ्गाको मैदानमाझ धमिलो र बाक्लो तुवाँलोको चादर प्रस्ट देखिएको छ।​नासाको ‘टेरा’ र ‘एक्वा’ भूउपग्रहमा जडित ‘मोडरेट रिजोल्युसन इमेजिङ स्पेक्ट्रोराडियोमिटर'(मोडिस) प्रविधिमार्फत लिइएका यी तस्बिरहरूमा दिल्ली-एनसीआर, उत्तर प्रदेश, राजस्थान, हरियाणा र पन्जाबका भूभागमा वायु प्रदूषणका कारण उत्पन्न ‘स्मोग’ को बाक्लो तह जमेको छ।​अन्तरिक्षबाट लिइएका तस्बिर अनुसार भारतका मध्य र दक्षिणी क्षेत्रमा प्रदूषणको असर उत्तर भारतको तुलनामा केही कम देखिएको छ। राजस्थान र गुजरात जस्ता पश्चिमी राज्यका साथै पूर्वाञ्चलका क्षेत्रहरू धेरै हदसम्म यो बाक्लो धुन्धबाट मुक्त देखिएका छन्।​तिहारका क्रममा पटकाको अत्यधिक प्रयोग, घट्दो तापक्रम र स्थिर हावाका कारण प्रदूषित कणहरू वायुमण्डलको तल्लो तहमा थुप्रेका हुन्। यसका कारण उत्तर भारतका कैयौँ सहरहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १,००० भन्दा माथि पुगेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ।

About Author

Advertisement