तीनधारे: घैयाबारी निवासी बिजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा घैयाबारीको पगलाझोडा लगायत अन्य विभिन्न स्थानहरुमा रहेको फोहोर मैलाहरु सर सफाई गर्ने कार्य निरन्तर गरिरहेका छन्। आफ्नो गाउँ घर आफै सफा राखौँ भन्ने उद्देश्यका साथमा विभिन्न स्थानहरुमा रहेको फोहोर मैलाहरु सर सफाई गर्ने कार्य उनले विगत धेरै समयदेखि गर्दै आएको जानकारी प्राप्त भएको छ। उनले विशेष गरेर पगलाझोडामा रहेको खोला नाला र सडकमा रहेको मैलाहरु, मानिसहरूले फ्याँकेका प्लास्टिकजन्य फोहोर मैलाहरु सर सफाई गर्ने कार्य गरिरहेका छन्। बिजेन्द्र ठटालले आफ्नो एकल प्रयासमा घैयाबारीको विभिन्न स्थानहरुमा रहेको फोहोर मैलाहरु सर सफाई गरेर एउटा उदाहरण प्रस्तुत गरेका छन्। यसको साथै उनले घैयाबारीको रोड, नालाहरुमा रहेको मैलाहरु पनि सर सफाई गरिरहेको जानकारी प्राप्त भएको छ। उनले यो कार्य भविष्यमा पनि निरन्तर गरिरहने बताएका छन्। उनले स्थानीय सबैलाई अपिल गर्दै आफ्नो क्षेत्रमा आफै सर सफाई गर्नु पर्ने र आफ्नो ठाउँ सफा राख्नु पर्ने र मैलाहरु जताभावी फ्याँक्नु नहुने र मैलाहरु सठीक रुपमा डस्टबीनमा हाल्नु पर्ने र दुई प्रकारका डस्टबीनहरु प्रयोग गर्न पर्ने र कुहुने र नकुहुने मैलाहरु सठीक रुपमा व्यवस्थापन गर्न पर्ने निवेदन गरेका छन्। उनले नाला झोडामा प्लास्टिकजन्य वस्तुहरू नफ्याँक्ने साथै स्थानीयहरु र दोकानेहरुलाई आफ्नो क्षेत्रमा सर सफाई गर्ने आह्वान् गरेका छन्।










