नारी शक्ति खरसाङ शहर समिति पूनर्गठन

IMG-20260210-WA0070

खरसाङ: भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको खरसाङ शहर समितिको पुनर्गठन गरिएको छ। केन्द्रिय अध्यक्ष अनित थापाको निर्देशनमा खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बरसम्मको वार्डका नारी शक्तिलाई लिएर खरसाङ शहर समिति नारी शक्ति समितिकोे गठनार्थ खरसाङ महकुमा कार्यालयमा सभा सम्पन्न भएको छ। उक्त सभा केन्द्रीय समिति नारी शक्तिका अध्यक्षा अनु प्रधानकोे अध्यक्षतामा सभा सम्पन्न भयो।सभालाई खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी सुब्बा प्रधानले सञ्चालन गरेकी थिइन्। खरसाङ टाउन कमिटी नारी शक्तिका दिवंगत कार्यकारीणी सदस्य रीता सेवा अनि सरस्वती थामीका पति स्वर्गीय पुरण थामीकाे आत्मा शान्तिकाे निम्ति मौन धारण गरियो। सभामा वक्तव्य दिने क्रममा नारी शक्ति केन्द्रीय समितिका सांगठनिक सचिव मैयाँ ठकुरी, केन्द्रीय समिति सदस्या, खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी तथा खरसाङ शहर समितिका संयोजक समीर दीप ब्लोन, २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, २९ नम्बर समष्टिका मूल सचिव भक्तिमान तामाङले आफ्नो वक्तव्य राखेका थिए। सभामा २० वटा वार्डबाट टाउन कमिटीकाे विभिन्न पदमा ११० जनालाई नियुक्ति पत्र दिएर पदभार सुम्पेको छ। सभाका सभाध्यक्ष केन्द्रीय समिति नारी शक्तिका अध्यक्षा अनु छेत्री प्रधानले आफ्नो सम्बोधन गरेका थिए। सभामा खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ, २८ नम्बर समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्मा, उपाध्यक्ष संजय मुखिया, मूल सचिव बीरबल पाख्रीन, सह सचिव विकाश तामाङ, कार्यकारीणी सदस्य रतन शेर्पा लगायत अन्यहरु उपस्थित थिए।

About Author

Advertisement