नारी शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

IMG-20241115-WA0247

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सभा १३ वटा समष्टिहरूका नारी शक्तिको प्रतिनिधिहरूलाई लिएर खरसाङमा सम्पन्न भएको छ। उक्त सभा नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई नारी शक्ति खरसाङ महकुमा समितिको सचिव जैतुन निशा खातुनले गरेकी थिइन्। सभामा मुख्य वक्ताको रुपमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान उपस्थित थिइन्। उनले आफ्नो सम्बोधनमा नारीहरू सांगठनिक रूपमा एक हुनु पर्ने र नारी संगठनलाई सबै मिलेर अघि बढाउने आह्वान् गरिन्। उनले नारीहरू घरमा बस्ने मात्रै होइन भन्दै घरमा जसरी नारीहरूले इमान्दार भएर घर परिवार चलाउँछन् त्यसरी नै व्यवहारिक रूपमा पार्टीगत रूपमा संगठनलाई अघि बढ़ाउने अाह्वान् गरिन्। केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधानले उपस्थित नारीहरूलाई नारी शक्तिको संगठनलाई अघि लिएर जाने आह्वान् गरिन्। सभामा कार्यकारी सभासद कल्पना प्रधानले नारी शक्तिको संगठनलाई सबै मिलेर अघि लानु पर्ने आह्वान् गरिन्। सभालाई नारी शक्ति खरसाङ महकुमा समितिको मुख्य सल्लाहकार आशा मुखिया लामा, खरसाङ टाउन कमिटीको सचिव दिपा छेत्री, मिण्डाबाट आरती राई, सभासद प्रणाम रसाईली आदिले वक्तव्य राखेका थिए।

वक्ताहरूले भागोप्रमो पार्टीको भातृ संगठनको रूपमा नारी शक्तिलाई अघि लिएर जाने र सांगठनिक रूपमा बलियो हुने आह्वान् गरेका थिए।

About Author

Advertisement