नाम्चेबोङमा क्याप-को समन्वय एवं सामेल कार्यक्रम

IMG-20250907-WA0124

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमको एउटा समन्वय एवं सामेल कार्यक्रम हिजो पाकिम जिल्ला अन्तर्गत माङ्थाङ नाम्चेबोङमा सम्पन्न भयो। कार्यक्रममा पार्टी अध्यक्ष गणेश कुमार राईको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा विभिन्न राजनीतिक पार्टी त्यागेर आएका १५ जनाले सिटिजन एक्शन पार्टीको सदस्यता ग्रहण गरेको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गणेश कुमार राईले राज्यवासीलाई सिक्किम र सिक्किमेको हक अधिकारको सुरक्षा गर्न सिटिजन एक्शन पार्टीमा सामेल हुने आह्वान गरे। वर्तमान एसकेएम सरकारले सिक्किमेको आकांक्षाहरू पूरा गर्न नसकेको उनको दावी रहेको छ। राज्यमा प्रजातन्त्र बहाली गर्न सिटिजन एक्शन पार्टीले सङ्घर्ष जारी राख्ने पनि उनले थप बताए।

About Author

Advertisement