नाम्ची लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनको कार्यकारिणी समितिको चुनाउ सम्पन्न

n47069917816761407396473fc8548bc95007c0ec628a35cfe27afa2454f9373a5be8b487d78f07596f8550.jpg

नाम्ची: नाम्ची लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनको कार्यकारिणी समितिको शानिवार चुनाउ सम्पन्न भएको छ। यस चुनाउको नतिजाअनुसार अध्यक्ष प्रशान्त तामाङ, उपाध्यक्ष प्रेमकुमार राई, संयुक्त सचिव दावा छिरिङ शेर्पा, कोषाध्यक्ष अमृत प्रधान, सहायक कोषाध्यक्ष सन्दिप राई निर्वाचित भएका छन्।

यस चुनाउमा महासचिव मोहनदास राई र प्रचार-सचिव इनोश राई निर्विरोध निर्वाचित भएका छन्। समितिको कार्यकाल तीन वर्षको रहनेछ। यस अवसरमा खुशी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष प्रशान्त तामाङ र उपाध्यक्ष प्रेमकुमार राईले आफुहरूलाई मतदान दिने चालकहरूलाई धन्यवाद दिए।

उनीहरूले नाम्ची लोकल ट्याक्सी ड्राइभरहरूको हितमा काम गर्ने दिएको वचनलाई पूरा गर्ने बताए। यस चुनाउमा विजयी हुन नसक्नेहरू पनि आफुहरू जस्तै चालक भएको कारण उनीहरूसँग पनि मिलेर काम गर्ने उनीहरूले बताए।

About Author

Advertisement