नाम्चीः नाम्चीको किसान बजारमा आजदेखि तीन दिनव्यापी पुस्तक मेला शुरू भएको छ। यस मेलाको आयोजना युनाइटेड टीम अफ् सिक्किमले गरेको हो। आजको कार्यक्रममा मल्ली समष्टिका विधायक फर्वन्ती तामाङ मुख्य अतिथि रहेकी थिइन् भने विशिष्ट अतिथिको रूपमा राङगाङ-याङगाङका विधायक राजकुमारी थापा उपस्थित थिइन्।
कार्यक्रममा स्थानीय स्कूलका विद्यार्थीहरू र स्थानीय कविहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा दक्षिण सिक्किम साहित्य सम्मेलनलाई सम्मान जनाइएको थियो।
कार्यक्रममा कवि पल्लविबलाई अभिनन्दन जनाइयो। कार्यक्रममा कवि पल्लविबले पनि कविता वाचन गरेका थिए। कार्यक्रममा कवि नवराज पराजुलीको पनि उपस्थिति रहेको थियो।
कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य पढने संस्कृति विकास गर्नु अनि समाजलाई राम्रो बनाउनु रहेको आयोजक समितिका अध्यक्ष मौसम छेत्रीले बताएका छन्। युनाइटेड टीम अफ् सिक्किम नाम्ची परिसरका युवाहरूले २०२० मा स्थापना गरेका संस्था हो।
-हिस











