नाम्ची एसडीएफद्वारा अन्तरराष्ट्रिय युवा दिवस पालन

IMG_20220812_235910.jpg

नाम्ची: नाम्ची बजारस्थित एसडीएफ पार्टीको जिल्ला कार्यालयमा आज अन्तरराष्ट्रिय युवा दिवस पालन गरियो। यस कार्यक्रमको आयोजना पार्टीको दक्षिण जिल्ला युवा प्रकोष्ठले गरेको थियो। कार्यक्रममा पार्टीको केन्द्रिय कार्यकारिणी समितिका महासचिव हरि गुरूङ मुख्य अतिथि रहेका थिए।

कार्यक्रममा पार्टीको नाम्ची-सिङ्गिथाङका युवा संयोजक सोनाम वाङ्गेल भोटिया, युवा सजीत सिञ्चुरी आदिले पार्टीमा युवाहरूको भूमिका विषय कुराहरू राखेका थिए। कार्यक्रममा जीवन माकपाली र तेञ्जिङ डाडूल भोटियाले कविता वाचन गरे।

कार्यक्रममा पार्टीको वरिष्ठ उपाध्यक्ष विनोद राई, पार्टीकोे पोकलोक-कामराङ समष्टिका प्रभारी विमल राई, राज्यस्तरीय प्रचार-प्रसार महासचिव दिलु दाहाल, नाम्ची-सिङ्गिथाङका सीएलसी अध्यक्ष दानियल राई, दक्षिण जिल्ला प्रचार-प्रसार उपाध्यक्ष रमेश राई आदिको उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, कार्यक्रम समाप्त भएपछि एसडीएफका सातजना युवाले कार्यक्रमको उद्देश्यलाई सफल बनाउन नाम्ची जिल्ला अस्पतालमा रक्तदान पनि दिए।

About Author

Advertisement