नाम्ची: विश्व स्तनपान सप्ताह अन्तर्गत नाम्ची जिल्लाको मनिराम फालीडाँडामा स्तनपान कार्यक्रम आयोजना गरियो। महिला एवम पाल विकास विभागद्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रममा नाम्ची जिल्लाका महकुमा अधिकारी एमके छेत्री विशिष्ट अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको साथमा एचईओ रोशनी थापा र अतिरिक्त निर्देशक सोफिया लेप्चा थिइन्। विश्व स्तनपान सप्ताह नवजात शिशुहरूको निम्ति स्वास्थ्य अनि पोषण प्रदान गर्नमा स्तनपानको भूमिकाबारे स्मरण गराइन्छ।

यसको मुख्य उद्देश्य स्तनपान गराउनले के के लाभ हुन्छ र यसबारेमा सचेतना जगाउन आवश्यक रहेको छ। कार्यक्रममा किशोरी, गर्भवती महिला र सुत्केरी आमाहरुको रक्तअल्पता परीक्षण पनि गरिएको थियो।










