नाम्चीमा दुई दिवसीय राज्यस्तरीय वैशाखी पर्व शुरू

Untitled-1-copy-64

नाम्चीः नाम्चीमा आज राज्यस्तरीय वैशाखी पर्वको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। दुई दिनव्यापी यस कार्यक्रमको आयोजना मुख्यमन्त्री पीएस तामाङको निर्देशन र सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी कल्याण संघको पहलमा नाम्ची सांस्कृतिक मञ्चले गरेको हो। उल्लेखनीय छ, यस कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नवपीढिलाई आफ्नो भाषा-संस्कृति आदिप्रति सचेत गराउँदै सिक्किमप्रति पर्यटकहरूलाई आकर्षित गर्न रहेको बताइएको छ।

आजको कार्यक्रममा मन्त्री सञ्जित खरेल मुख्य अतिथि रहेका थिए। का्यक्रम शुरू हुन् भन्दाअघि वैशाखी पर्वको हर्षोउल्लाषका साथ शोभायात्रा निकालिएको थियो। यस शोभायात्रामा स्थानीय स्कूलका विद्यार्थीवर्ग, जन साधारण आदिले आ-आफ्ना जातीय भेशभुषा लगाएर सहभागिता जनाएका थिए। शोभायात्रापछि मन्त्री खरेलले विभिन्न जातीय खानपानका स्टल, एसएचजीहरू आदिका स्टलहरू भ्रमण गरे। कार्यक्रममा साँस्कृतिक गीत-नृत्य आदि पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नाम्ची जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, नयाँ-बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानव, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, विभिन्न विभागका अध्यक्ष-सल्लाकारगण आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement