नाम्चीमा क्यापको सभा

IMG-20250605-WA0313

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमको नाम्ची जिल्ला युवा परिषदको एउटा सभा पार्टीको नाम्चीस्थित जिल्ला कार्यालयमा सम्पन्न भयो। सभालाई पार्टीका वरिष्ट सदस्य स्टेफन गुरुङले अध्यक्षता गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै युवा परिषदका महासचिव दिवस गुरुङले सभाको उद्देश्य र युवाहरूको बड़दो जिम्मेवारीमाथि प्रकाश पारे। यसरी नै सभामा विभिन्न नेतृत्वद्वारा हालको राज्यको राजनीतिक, सामाजिक र प्रशासनिक विषयमा छलफल गऱ्यो। छलफलको केन्द्रमा हाल सिटिजन एक्शन पार्टी, सिक्किमले सञ्चालन गरिरहेको पेन्सन नट पोजिशन रहेको थियो। वक्ताहरूले अवकाशप्राप्त अधिकारीहरूको सेवा विस्तारको दुस्प्रभाव माथि आ-आफ्नो विचारहरू राखे।

About Author

Advertisement