नाम्चीमा एसडीएफ-को साङ्गठनिक सभा

IMG-20250721-WA0139

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको एउटा सभा आज दक्षिण सिक्किमको नाम्ची जिल्लामा सम्पन्न भयो। सभालाई पार्टीकी चेली संयोजिका श्रीमती अमृता दियालीले गरेकी थिइन्। बैठकमा पछिल्ला समय राज्यमा राजनीतिक हिंसाका घटनाहरू बढ़ेर गएकोमा चिन्ता व्यक्त गरियो। यस प्रकारका घटनाले सिक्किमलाई देशमा एउटा असुरक्षित राज्यको रुपमा पहिचान मिल्ने जुसले कालान्तरमा राज्यको पर्यटन उद्योगलाई नकरात्मक प्रभाव पार्ने पार्टीको अड़ान रहेको छ।
राज्य र राज्यवासीको सुरक्षाको निम्ति पुलिस अधिकारीहरू इमान्दार हुनपर्ने आजको सभामा विभिन्न वक्ताले आफ्नो विचारहरू राखेका छन्। यसको साथै हालका घटनाहरूमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको निम्ति पनि पार्टीले प्रार्थना गरेको छ।
सभामा पार्टीको साङ्गठनिक विस्तार बारे पनि गहन चर्चा अनि छलफल गरियो। विभिन्न वक्ताले आफ्नो सम्बोधनमा पार्टीका साङ्गठनिक गतिविधिलाई तीव्रता दिने सुझाउ दिएका छन्। यस बारेमा सभाले केही ठोस प्रस्ताव पनि पारित गरेको छ।


पार्टीका साङ्गठनिक गतिविधिलाई तीव्रता दिने सुझाउ दिएका छन्। यस बारेमा सभाले केही ठोस प्रस्ताव पनि पारित गरेको छ।

About Author

Advertisement