नाम्चीमा आत्महत्या नियन्त्रणमाथि सचेतना कार्यक्रम

IMG-20250207-WA0262

नाम्ची: नाम्चीमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सचेतना कार्यक्रम आयोजन गरियो। जिल्ला प्रशासनिक केन्द्रले पूणेको मानसिक स्वास्थ्य कानून र नीति केन्द्रको सहकार्यमा आयोजन गरेको कार्यक्रममा मानसिक स्वास्थ्य अध्ययन सम्बन्धी जानकारी गराइएको थियो। कार्यक्रममा जिल्लापाल अनुपा तामलिङ मुख्य अतिथिका रुपमा उपस्थित थिए। यसका साथै जिल्ला प्रशासनका अन्य अधिकारीहरु पूणेबाट एका नितिश नारखेडकर र नीरजा औटीको उपस्थिति थियो। कार्यक्रम सिक्किम इन्स्पायर्सअन्तर्गत मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरण पहलको एक भागको रूपमा आयोजना गरिएको थियो। यसको उद्देश्य सिक्किममा मानसिक स्वास्थ्य समस्याहरू र आत्महत्या रोकथामका लागि रणनीतिहरूबारे छलफल गर्नु थियो। कार्यक्रमको क्रममा जिल्लापालले सिक्किममा पाइलट पहलको रूपमा जिल्लामा अध्ययन सञ्चालन भइरहेको कुरामा जोड दिइन्। उनले बढ्दो मानसिक स्वास्थ्य समस्याहरूको बारेमा चिन्ता व्यक्त गर्दै योजना कार्यान्वयन गर्न सकिने सम्भावित रोकथाम उपायहरूको बारेमा उल्लेख गरिन्। सिक्किम इन्स्पायर्स, स्वास्थ्य तथा परिवार कल्याण विभागकी वरिष्ठ क्लिनिकल मनोवैज्ञानिक तथा नोडल अधिकारी डा. सोनाम लासोप्पाले जनसंख्याको लगभग बीस प्रतिशत डिप्रेसन र मानसिक स्वास्थ्य समस्याहरूबाट ग्रस्त हुने गरेको बताउँदै नशाको दुरुपयोगको बढ्दोस्थिति चिन्ताजनक रहेको बताइन्। उनले सचेतनाको लागि सहकार्यको आवश्यकतामा जोड दिइन्। उनले स्वास्थ्य विभागले मानसिक स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न स्वास्थ्य अधिकारीहरूलाई तालिम दिएको र जिल्लामा एक मोडेल परियोजना सञ्चालनमा ल्याएको जानकारी गराइन्। जसअन्तर्गत विभिन्न विद्यालयका शिक्षकहरूलाई तालिम दिने जानकारी गराइन्। घट्दो प्रजनन दरको बारेमा चिन्ता व्यक्त गर्दै, डा. लासोप्पाले सोचेगाङस्थित एसटीएनएम अस्पतालमा इन भिट्रो फर्टिलाइजेसन उपचार उपलब्ध हुने कुराम बताइन्।

About Author

Advertisement