नाम्चीको सोलोफोकस्थित चारधाममा शिवरात्रि पूजा

Untitled-1-copy-27

नाम्चीः नाम्चीको सोलोफोकस्थित चारधाममा आज शिवरात्रि पूजा प्रत्येक वर्ष झैं धार्मिक विधि-विधानका साथमा पालन गरियो। चारधामका प्रमुख पुजारी मोहन तिम्सिनाले जानकारी गराएअनुसार, यस अवसरमा भगवान शिवको रूद्र अभिषेक गरियो।

पूजामा जिल्लापाल, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई आदिको पनि उपस्थिति रहेको थियो। शिवरात्रिको महान पर्वमा भगवान शिवको शरण पर्न देशका विभिन्न स्थान लगायत नेपाल, भूटान आदिका श्रदालु भक्तजनको ‘पनि उपस्थिति रहेको चारधाम प्रशासन अधिकारी नारद शर्माले जानकारी गराएका छन्‌।

About Author

Advertisement