नाम्चीकाे बेथानी स्कूलमा तीथि भाेज कार्यक्रम भव्य रूपमा पालन

n62407069817221880188052d92da080858f1eba8574c9a1267a209c66ec574cc92f0c9773f7095bc9325e2

नाम्ची: राष्ट्रिय शिक्षा नीतिकाे शिक्षा सप्ताहअन्तर्गत नाम्चीकाे बेथानी स्कूलले तीथि भाेज कार्यक्रम भव्य रूपमा पालन गऱ्यो। उक्त कार्यक्रम गत २२ जुलाईमा शुरू भएकाे थियाे।

शुरूकाे दिनमा पढ्ने, सिक्ने आदि विषयमा विद्यार्थीवर्गलाई जानकारी गराइएकाे थियाे। दाेस्राे दिनकाे कार्यक्रममा आधारभूत शिक्षा र अङ्कता विषय सुचित गराइएकाे थियाे।

तेस्राे दिन विद्यार्थीवर्गलाई खेलकुद गराइएकाे थियाे भने चाैथाे दिन साँस्कृतिक दिवस पालन गर्दै विद्यार्थीहरूलाई नृत्य गराइएकाे थियाे। पाँचाै दिन डिजिटल एण्ड स्किल डे कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई पाक कला सिकाइएकाे थियाे। त्यसपछि अर्काे दिन इकाे कल्ब गठन गरेर बिरुवा राेपण गरियाे।

उल्लेखनीय छ, नाम्चीकाे काजिटारस्थित २०१० मा स्थापना भएकाे यस स्कूलले विद्यार्थीहरूकाे शिक्षा विकासमा मात्र ध्यान नदिएर विभिन्न समयमा विभिन्न कार्यक्रमकाे आयाेजना गरेर विद्यार्थीहरूलाई अन्य क्षेत्रमा पनि अगाडि बढाउने काम गर्दै आएको छ। यस अवसरमा स्कूलका प्राचार्य नाेयल राईले स्कूलमा शिक्षा सप्ताह सफल भएकाे र यस कार्यक्रमबाट विद्यार्थीहरूले धेरै लाभ उठाएकाे बताएका छन्।

About Author

Advertisement