नामोक-स्वयेम जिल्ला पञ्चायत उप-चुनाउः नोरजाम भोटिय विजय

Untitled-1-copy-149

मंगनः मंगन जिल्ला अन्तर्गत नामोक-स्वयेम जिल्ला पञ्चायत उप-चुनाउमा नोरजाम भोटिया विजय बनेकी छन्। उनले आफ्नो एक्लो प्रतिद्वन्दी पेमा लाडेन भोटियालाई पराजित गरिन्। जिल्ला पञ्चायत उप-चुनाउको मतगणना आज पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न गरियो। मतगणना जिल्लापाल एवं पीठासीन अधिकारी हेमकुमार छेत्री र चुनाउ पर्यवेक्षक किन्चो डोमा लेप्चाको उपस्थितिमा सम्पन्न गरियो।

बिहिवार सम्पन्न भएको मतदानमा कूल ७९३ मतदाताले मतदान गरेका थिए। यस मध्ये विजयी उम्मेदवार नोरजाम भोटियाले ४५१ भोट प्राप्त गरिन्। पराजित बन्ने उम्मेदवार पेमा लाडेन भोटियाले ३३० भोट प्राप्त गरेकी छिन्। १२ भोट नोटामा खसालिएको छ। मतगणनालाई जिल्लापाल छेत्रीको बाहुलीद्वारा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरियो।

About Author

Advertisement