नामथाङ रातेपानीमा प्रगतिशील कृषकहरूलाई आवश्यक सामग्री प्रदान

IMG-20220803-WA0168.jpg

नामथाङ। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा एवं क्षेत्र विधायक सञ्जीत खरेलको परामर्शमा नामथाङ रातेपानी समष्टिको परविङका प्रगतिशील कृषकहरूलाई आज आवश्यक सामग्री प्रदान गरियो। यस कार्यले २७२ भन्दा अधिक परिवार लाभान्वित बनेका छन्। प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत राज्यको कृषि विभागले एक जागरुकता कार्यक्रममार्फत यी सामग्रीहरू वितरण गरियो। यस अवसरमा नामथाङका खण्ड विकास अधिकारी योगेन स्याङ्देनको विशेष उपस्थिति रहेको थियो।

आत्मनिर्भर सिक्किम निर्माण अभियानमा राज्यको कृषि एवं बागवाणी क्षेत्रमा वर्तमान सरकारले महत पहल गर्दै विविध योजनाहरू लागू गरेको छ। यसमार्फत धेरै लाभार्थीहरू लाभान्वित बनिरहेका छन्।

खण्ड विकास अधिकारी स्याङ्देनले वितरण गरिएका सामानहरूको सदुपयोग गर्नुपर्ने सुझाउ दिए। आज विभिन्न कृषि सामाग्रीहरू प्राप्त गर्ने कृषकहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै विभागप्रति कृतज्ञता प्रकट गरेका छन्।

About Author

Advertisement