नाभाल्नीका परिवारले अझैं शव पाएनन्

navalne

रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव दुई सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ। जेलमा बन्द नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परिक्षणका लागि राखिएको बताइएको थियो। रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन। नाभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छिन्। उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले  छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन्।

उता, क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा आफूहरुले अध्ययन गरिरहेको र अझैंसम्म कुनै परिणाम नआएको जवाफ दिएको छ। अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ। नाभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ। संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय फोरमहरूमा नाभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो। यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ। तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरुको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए। रुसले नाभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ले ज्यान गएको बताएको छ।

About Author

Advertisement