नाबालिग छोरीसॅंग यौन दुर्व्यवहार गर्ने पिता पक्राउ

Jail-Sentence-copy

गान्तोक। आफ्नै नाबालिग छोरीसॅंग एक पिताले विगत एक वर्षदेखि यौन दुर्व्यवहार गर्दै आइरहेको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपित पितालाई पक्राउ गरेको छ। यो घटना रम्फू थाना क्षेत्र अन्तर्गत एउटा गाउॅंमा घटेको हो। पुलिस अनुसार, १८ मई बिहानदेखि १३ वर्षीय नाबालिग छोरी हराएको सम्बन्धमा आरोपित पिताले थानामा प्राथमिकी दर्ता गराएका थिए। नाबालिगकी एक आफन्तले तिनलाई भेटेपछि नाबालिगलाई पुलिस थाना लिएर गए। थानामा परामर्शको समय नाबालिगले आफुमाथि विगत एक वर्षदेखि यौन दुर्व्यवहार भइरहेको खुलासा गरिन्। तिनले यौन दुर्व्यवहार गर्ने व्यक्ति आफ्नै पिता रहेको पनि आरोप लगाइन्।

पुलिसले आरोपित पितालाई पक्राउ गरेको छ। तिनी विरूद्ध पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरिएको छ। नाबालिगलाई चाइल्डलाइन फर् सेल्टर एण्ड काउन्सिलिङमा सुम्पिएको छ।

About Author

Advertisement