नाबालिक हत्याकाण्डका आरोपितलाई फॉंसीको सजाय हुनुपर्ने एसकेएम नारी शक्तिको माग

Untitled-1-copy-120

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) नारी शक्तिले नाबालिकको हत्यारालाई फाँसीको सजाय दिनुपर्ने माग गरेको छ। आज राजधानीस्थित एसकेएम पार्टीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई नारी शक्तिकी अध्यक्ष कला राईले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने माग गरिन्। यसैगरी, उनले आरोपितको पक्षमा स्थानीय वकिलहरू कसैलाई पनि मुद्दा नलिइदिन आग्रह गरिन्। उनले आरोपितलाई चॉंडोभन्दा चॉंडो सजाय दिन फास्ट ट्र्याकमा मुद्दा चलाउनु पर्ने आग्रह गर्दै न्याय दिन ढिलो हुनु भनेको पीडित परिवारसॅंग अन्याय गर्नु रहेको बताइन्। अर्कोतिर, उनले यस प्रकारको अपराधिक घटनालाई कसैले पनि राजनीतिकरण नगर्न आह्वान गरिन्। एसकेएम नारी शक्ति सदैव पीडित परिवारको पक्षमा रहेको र परिवारलाई न्याय दिलाउन सबै प्रकारको पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस अतिरिक्त, अध्यक्ष राईले राज्यमा दिन प्रतिदिन अपराधिक घटनाहरू वृद्धि भइरहेकाले घर मालिकहरूले कोठा किरायमा दिँदा सम्पूर्ण विवरण लिनु पर्ने सुझाउ दिएकी छन्। यसैगरी, आफ्ना नानीहरूलाई यस प्रकारको अपराधहरूबाट सुरक्षित राख्न अभिभावकहरूको भूमिका पनि महत्वपूर्ण रहेको बताइन्। उनले नानीहरूलाई आफ्नो निगरानी र नियन्त्रणमा राख्नु पर्ने आसय व्यक्त गरिन्।यसै क्रममा नारी शक्ति उपाध्यक्ष छुङछुङ भोटियाले नानीहरूको सुरक्षालाई ध्यानमा राख्दै जुन क्षेत्रमा नानीहरू बसोबासो गर्छन् त्यही छेउछाउका स्कूलहरूमा पढाउनु पर्ने सुझाउ राखिन्। यस विषयलाई लिएर नारी शक्तिले चॉंडै राज्यका शिक्षा विभाग मन्त्रीसँग भेट गरेर कुराकानी गर्ने पनि उनले जानकारी गराइन्। पुलिसले घटना घटेको ७२ घण्टामा आरोपितलाई पक्राउ गरेर उदाहरणीय कार्य गरेकोमा उनले पुलिसको भूमिकालाई लिएर प्रशंसा गरिन्।सिक्किम चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्माले उक्त घटनाको कडारूपमा निन्दा गर्दै दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरिन्। उनले पीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गर्न आउॅंदो आइतवार नारी शक्तिले राजधानीमा क्याण्डल ऱ्याली निकाल्ने जानकारी गराइन्।

About Author

Advertisement