नाबालिकाप्रति अश्लील व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

What-are-my-Rights-when-I-am-Under-Arrest

सिलगढी: सिलगढीको बाघाजतिन कोलोनी क्षेत्रमा एक नाबालिकाप्रति अश्लील व्यवहार गरेको आरोपमा प्रधाननगर थाना प्रहरीले ७० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिको नाम देवराज गुरुङ रहेको छ। उनी मूल रूपमा लेबोंग क्षेत्रका बासिन्दा भए पनि पछिल्ला केही महिनादेखि बाघाजतिन कोलोनीमा बसोबास गर्दै आएका थिए।
नाबालिकाको परिवारले दिएको उजुरीअनुसार गुरुङले लामो समयदेखि ती किशोरीमाथि नजर राख्दै आएका थिए। उनले किशोरीको दूरभाष सङ्ख्या पनि प्राप्त गरी पटक–पटक दूरभाषमार्फत दुःख दिने गरेका थिए।
गत ७ मार्चको राति उनले कथित रूपमा किशोरीको कोठाभित्र प्रवेश गरी कुराकानी गर्ने क्रममा अश्लील व्यवहार गरेको आरोप लगाइएको छ। किशोरीको चिच्याहट सुनेपछि छिमेकीहरू त्यहाँ पुगेका थिए र घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरीले देवराज गुरुङलाई पक्राउ गरी सिलगढी अदालतमा उपस्थित गराएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

Advertisement