नाबालिकमाथि दुष्कर्मको आरोपमा एक व्यक्ति पक्राउ

arrest-11

गान्तोक: एक नाबालिकासँग दुष्कर्म गरेको आरोपमा आसमलिङजे निवासी मिलन लिबाङ सुब्बा (४३) लाई पुलिसले पक्राउ गरेको छ। आरोपी सुब्बा केही वर्षदेखि गान्तोकस्थित पानी हाउसमा बस्दै आइरहेका थिए। पुलिसले आरोपीविरूद्ध प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ अन्तर्गत सदर थानामा प्राथमिकी दर्ता गरेको छ। पुलिसले जानकारी गराएअनुसार आरोपीले १५ वर्षीया एक नाबालिकासँग यौन दुर्व्यवहार गरेको पुलिसमा पीढित परिवारले जनाएको छ। हाल आरोपीलाई पुलिसले हिरासतमा लिएर केरकार गरिरहेको छ।

About Author

Advertisement