नान्दोकमा अर्को सरस्वती संस्कार केन्द्रको उदघाटन

IMG-20250725-WA0152

गान्तोक: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको सिक्किम प्रदेश समितिले अन्तर्राष्ट्रिय सीमावर्ती राज्य सिक्किममा शिक्षा विस्तारमामाथि लगातार रुपमा काम गर्दै आएको छ। यसक्रममा विद्या भारती सिक्किम प्रदेशले स्थानीय समाजको सहयोगमा गुणस्तरीय र सुसंस्कृत शिक्षा प्रदान गरिरहेको छ। यसबाहेक सेवा कार्य, स्वास्थ्य, बिरुवारोपण, शिक्षाको क्षेत्रमा असहाय परिवारहरूलाई सहयोग, बालिका शिक्षाको लागि विनिमय कार्यक्रमहरूलाई उच्च प्रमुखता दिइरहेको छ। हाल यस योजनामा १४ जना किशोरीहरु अध्ययनरत छन्। संघको शताब्दी वर्ष साथै विद्या भारती सिक्किमको रजत जयन्ती वर्ष चलिरहेको अवसरमा विकास योजना सञ्चालनमा ल्याएको छ। हाल सरस्वती संस्कार केन्द्रमार्फत समाजमा पुग्ने योजना अन्तर्गत ४ वटा संस्कार केन्द्रहरू सञ्चालनमा छन्। यस वर्ष १० वटा संस्कार केन्द्र खोल्ने लक्ष्य संस्थाको छ। यसैलाई ध्यानमा राख्दै पाकिम जिल्लाको नान्दोकमा एउटा संस्कार केन्द्र शुरु गरियो। राज्य सरकारका मन्त्री, स्थानीय विधायक र ज्येष्ठ नागरिकहरू यस सामाजिक कार्यका साक्षी थिए। विद्या भारती सिक्किमका सह-मन्त्री उमाकान्त शर्माको विशेष पहलमा उक्त काम पूरा भएको छ। उद्घाटन समारोहमा विद्या भारती सिक्किमका प्रमुख सल्लाहकार हरि शंकर शर्मा, अध्यक्ष चन्द्रकुमार राई, महासचिव विजयकुमार शर्मा उपस्थित थिए। यस अवसरमा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका सह-मन्त्री पवित्रा दाहाल पनि सहभागी थिइन्।

About Author

Advertisement