नानीहरू सरकारी स्कूलमा पढाउनु हुँदैन भन्ने सोचले नै प्राथमिक शिक्षा घटेर गएको हो र यस सोचलाई परिवर्तन गर्नुपर्छ: अनित थापा

IMG-20240913-WA0264

सोनादा: प्राथमिक शिक्षा किन कमजोर भयो भनेर तल जरासम्म हेर्दा प्राथमिक शिक्षक शिक्षिकाहरूलाई साँची नै गाह्रो रैछ किनभने हाम्रो अभिभावकहरूले प्राथमिक पाठशालामा नानीहरूलाई पढाउन छोडीसके भनी सोनादामा सम्पन्न शिक्षक सम्मान समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा बताएका छन्। उनले प्राथमिक शिक्षा घटेर जानु हाम्रो आफ्नै सोचले गर्दा हो किनभने हाम्रो नानीहरू सरकारी स्कूलमा पढाउनु हुँदैन भन्ने सोच छ र त्यस सोचलाई विस्तारै परिवर्तन गर्नुपर्छ भनी बताएका छन्। आफ्नो सम्बोधनमा अनित थापाले भने, हाम्रो स्कूल राम्रो बनाउन हामीले नै राम्रो कर्म गर्नुपर्छ। यो कामको लागि च्यालेञ्च मै भएको छ। किनभने पुरानो समयमा एउटा परिवारमा धेरै नानीहरू हुन्थ्यो तर अहिले परिवारमा एकैजना मात्रै हुन्छ र हाम्रे जनसंख्या पूरै घटेर जाँदैछ। हामीले हाम्रो भाषा र जातिको कुरा गर्छौं तर हाम्रो भाषा बोल्ने जातिको संख्या मा नभएपछि कसरी हुन्छ। जातिको संख्या यसरी नै घट्दै गएको खण्डमा स्कूल मात्रै होइन तर जाति नै डानोसर जस्तै हराएर जानेछ। यस कुराको लागि समाधान गर्नको लागि ठूलो च्यालेञ्च हो।”
अनित थापाले कार्यक्रममा सम्मानित शिक्षकहरूलाई अनुरोध गर्दै भने, अवकाशप्राप्त शिक्षकहरूले लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरेपछि अब समाजसेवाको कार्यमा लागेर आफ्नो अनुभवहरू समाजको लागि प्रयोग गरिदिने अनुरोध गर्दछु।’

About Author

Advertisement