नागा-टुङका विस्थापित परिवारलाई पूर्नवासको तयारी

IMG-20250613-WA0066 (1)

मंगन: मंगन जिल्लाको नागा टुङका पैह्रोबाट विस्थापित परिवारलाई पूर्नावास गराउने उद्देश्य लिएर आज चुङथाङ महगकुमा अधिकारी अरूण छेत्रीको नेतृत्वमा सर्वेक्षण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा खण्ड विकास अधिकारी कैलाश थापा, पूर्व अध्यक्ष निमछिरिङ लेप्चा लगायत अन्य अधिकारीहरू सामेल थिए। सर्वेक्षण टोलीले पूनर्वासको लागि छुट्याइएको जमीन योजनाकारहरूद्वारा सर्वेक्षण गराउने निर्णय गरेको छ। यस अवसरमा टोलीले ग्रामीण क्षेत्रसँग सम्बन्धित योजना र नीतिबारे उपस्थित सबैसँग छलफल गरे। दोस्रो चरणमा सर्वेक्षणकर्ताहरूद्वारा जमीनको स्थलगत सर्वेक्षण गरिने जानकारी गराए।

About Author

Advertisement