झापा: नागरिक बचाउ महा अभियानका केन्द्रीय संयाेजक दुर्गा प्रसाइकाे अगुवाइमा दुवइकाे जेलबाट १ करोड १० लाख ब्लड मनि जम्मा गरि आज नेपाल ल्याइएको छ। यसरी उद्बार गरि नेपाल ल्याइनेमा धादिङका भुवन श्रेष्ठ र ओखलढुङ्गा का पहलमान थापा मगर रहेका छन्।

उनिहरुलाई आज अन्तर्राष्ट्रिय बिमानस्थलमा अभियानका केन्द्रीय संयाेजक दुर्गा प्रसाई द्बारा स्वागत सम्मान गरि घर फर्काउने कार्य सम्पन्न गरिएको छ।










