भद्रपुर: मोरङको सुन्दरहरैँचा नगरपालिका ९ स्थित नागदेवी मन्दिर सेवा समितिको अध्यक्षमा पुनः रामकृष्ण खड्का निर्वाचित भएका छन्।
समितिकाे पाँचौ वार्षिक साधारण सभा अन्तर्गत २ बर्षे कार्यकालका लागि खड्का भारी मतकाे अन्तरले विजयी भएका हुन्। सम्पन्न निर्वाचनमा समितिको अध्यक्ष पदका लागि खड्का र सुमित्रा खड्काबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्षमा रामकृष्ण खड्काले १ सय ४७ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी सुमित्रा खड्काले ४७ मत मात्र प्राप्त गरिन्।
सचिव पदमा घनश्याम दाहालले १ सय ४६ मत प्राप्त गरे भने ददिराम न्यौपानेले ४६ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा पुष्पाकुमारी खड्काले १ सय २९ मत प्राप्त गरिन् भने टीका कार्कीले ६४ मत प्राप्त गरे। सहसचिव पदमा हिरा खड्काले १ सय १५ मत प्राप्त गरिन् भने तेजबहादुर कार्कीले ७८ मत प्राप्त गरे। मन्दिर सेवा समितिका सदस्यहरू भने सर्वसम्मत रूपमा चयन गरिएकाे जानकारी प्राप्त भएको छ। कुल २ सय ६९ मतदाता मध्ये २ सय ३ मत खसेको निर्वाचन समिति सदस्य गाेपाल पाठकले जानकारी दिए।
यस क्षेत्रकाे गहनाकाे रूपमा परिचित धार्मिक तथा एतिहासिक नागदेवी मन्दिरकाे विकासका लागि आफुले विगत देखि नै विविध कार्य गरेर यहाँ सम्म ल्याउँन पहल गरेकोले अझै थप नमूना मन्दिर बनाउँन स्थानीय सरकार लगायत सबैकाे साथ सहयाेगकाे खाँचाे परेको समितिका निर्वाचित अध्यक्ष खड्काले बताए।









