कालचिनी। जयगाउँ थानाको पुलिसबलले आज नियमित नाका जाँच चलिरहेको क्रममा दलसिंहपाड़ा जीएसटी नाकामा एकजना पप्पू जयसवाल उमेर ४६ जयगाउँ भगतसिंह नगर निवासीलाई ६० बोतल व्हिस्की सहित पक्राउ गरेको पुलिस सुत्रले जनाएका छन।
पुलिसको निरन्तर नाका जाँचको क्रममा आज उक्त मेघालय निर्मित व्हिस्की बरामद गरिएको र पक्रा परेका आरोपी विरुद्ध मुद्दा दर्ता गरिएको जयगाउँ थाना प्रभारी प्रबिर दत्ताले जनाएका छन।









