नशालु पदार्थ सहित एक पक्राउ

IMG-20220614-WA0173.jpg

गान्तोक। सिक्किम पुलिसले ड्रग्समुक्त बनाउने दिशामा केही दिनदेखि अभियान शुरू गरेको छ। यसै क्रममा हिजो सदर पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी स्वास्तित निवासी सोमनाथ छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ। विश्वासनीय सुत्रले पुलिसलाई आरोपी छेत्रीले नशालु पदार्थ बिक्री गर्दै आइरहेको र हाल वज्र सिनेमा घर परिसरमा नशालु पदार्थ लिएर घुमिरहेको सूचित गराएको थियो। सोही सूचनाको आधारमा सदर थानामा एसआई ओङचु भोटियाको नेतृत्वमा गएको टोलीले आरोपीलाई पक्राउ गर्न सफल बन्यो। आरोपीबाट पुलिसले ५९ बोतल कफ सिरप, ३७७ वटा सेम्पेक्स क्याप्सुल र १३० ग्राम्स भाङ फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट र एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement