नशालु पदार्थमाथि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजित

IMG-20230518-WA0245.jpg

गान्तोक: गैर गैरसरकारी सारथीको पहलमा सोरेङ जिल्लाको बुढियाखोपस्थित सरकारी उच्च माध्यमिक विद्यालयको प्रेक्षागृहमा नशालु पदार्थको दुरुपयोग, मूल्यमा आधारित शिक्षा र मानसिक स्वास्थ्य तथा कल्याण सम्बन्धी एक दिवसीय अभिमुखी कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सारथीका मुख्य संरक्षक तथा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले आफ्नो बाल्यकालको अनुभव र सिकाइ प्रणालीबारे जानकारी गराए। उनले विद्यार्थीहरूलाई नैतिक आधारित शिक्षाको महत्वबारे पनि अवगत गराए। जिल्लापालले मूल्यमान्यतामा आधारित शिक्षाभन्दा नैतिकतामा आधारित शिक्षामा जोड दिनुपर्ने बताए। उनले सोरेङलाई महत्वाकांक्षी जिल्लाका रुपमा लिएर सोरेङ जिल्ला स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित रहेको अवगत गराए। लागु पदार्थमुक्त भारतको कल्पनाबारे पहल शुरू भएको बताउँदै यसको दुरूपयोगले मानिसको जीवनमा पर्ने नकारात्मक प्रभावबारे पनि जानकारी गराए। यसै क्रममा सारथी संगठनका अध्यक्ष हरि रिजालले यस संस्थाको कार्य नीतिबारे विद्यार्थीहरूलाई अवगत गराए। उनले राज्यमा दिन दिनप्रतिदिन वृद्धि भइरहेको नशालु पदार्थको सेवन र यसको प्रभावबारे स्पष्टरूपमा जानकारी गराए। रिजालले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमलाई ड्र्ग्समुक्त बनाउने पहल शुरू गरेकोमा धन्यवाद दिए।

About Author

Advertisement