नशालु पदार्थको साथमा पक्राउ

Hand-Cuff-3-1

गान्तोक। रम्फू चेकपोस्टमा पुलिसले सिलगढ़ी विधान रोड निवासी, ३५ वर्षीय अमित कुमार प्रसादलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ।

पुलिस अनुसार, विश्वसनीय सूत्रहरूले दिएको सूचनाको आधारमा अमित कुमार प्रसादले चलाइरहेको वाहन रम्फू चेकपोस्टमा रोकि वाहनको जाँच गर्दा वाहनबाट २०० वटा नाइट्रोसन-१० ट्याबलेट र १६० बोतल कफ सिरप भेटियो। सोधपुछको क्रममा उनले उक्त सामग्री गान्तोक निवासी सुरज नामक व्यक्तिको रहेको बताए। पुलिसले आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement