नशालु ट्याबलेट सितै युवक पक्राउ

Capture-13

अलीपुरद्वार: एकजना युवकलाई पुलिसले धेरै मात्रामा नशालु ट्याबलेट सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम रोहित मिर्धा हो। तिनी मेचपाडा इलाका निवासी बताइएको छ। गोप्य सूत्रको आधारमा पुलिसले अलीपुरद्वार जिल्लाको मेन्दाबाडी इलाकामा अभियान चलाएर नशालु ट्याबलेट सहित उक्त युवकलाई पक्राउ गऱ्यो। पक्रा पर्ने युवकको नशालु ट्याबलेट तस्करी गर्ने योजना रहेको थियो। आज तिनलाई अलीपुरद्वार अदालतमा पेश गऱ्यो।

About Author

Advertisement