नशालु इन्जेक्सन सहित एक व्यक्ति पक्राउ

IMG-20230320-WA0160.jpg

सिलगढी: सिलगढी मेट्रोपोलिटनको मतिगढा थाना पुलिसलर गत तीन दिनमा मतिगढ़ा थाना पुलिसले तीनवटा सफलता हासिल गरिसकेको छ। गत अबेर राति मतिगढ़ा थाना पुलिसले अधिक मात्रामा नशालु इन्जेक्सन सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति विवेक साउको रूपम चिन्हित गरिएको छ।प्राप्त जानकारी अनुसार गत अबेर राति विवेक साउ नशालु इन्जेक्सन लिएर मतिगढाको खप्रेल मोड़मा ब्रिक्री गर्ने उद्देश्यले घुमिरहेको खबर पाउन साथ मतिगढ़ा थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर नशालु इन्जेक्सन सहित तिनलाई पक्राउ गरेको बताइएको छ।

पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement