नशालु इन्जेक्सन र ट्याबलेटसहित २ जना युवक पक्राउ

IMG_20220823_190523.jpg

सिलगढी: संयुक्त अभियान चलाएर नशालु पदार्थको तस्करी गर्न आएका २ जना युवकलाई स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्ति नगर थाना पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका दुईजना युवकलाई आज जलपाइगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा क्रिजन छेत्री र निर्माण शर्मा सामेल छन्। तीमध्ये एकजना खरसाङ निवासी हुन् भने अन्य एकजना सालुगढा निवासी हुन्।
प्राप्त जानकारी अनुसार गत राति दुईजना युवकले एउटा ब्यागमा नशालु इन्जेक्सन र ट्याबलेट बोकेर तस्करी गर्नको लागि भानु नगर इलाकामा आइपुगेको गोप्य सुइँको पाएपछि एसओजीले भक्ति नगर थाना पुलिसको सहयोगमा उक्त इलाकामा अभियान चलाएर ती दुई युवकलाई पक्राउ गरेको बताइएको छ। तिनीहरूबाट १८ पत्ता नशालु ट्याबलेट र ६० वटा नशालु इन्जेक्सन उद्धार गरेको छ।

About Author

Advertisement