नशालुपदार्थसंगै एक युवक पक्राउ

IMG-20250825-WA0066

गान्तोक: मल्ली पुलिसले भारी मात्रामा प्रतिवन्धित नशालुपदार्थसँगै एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सोरेङ जिल्लाको रेशी निवासी मानव तामाङकोरूपमा चिन्हित गरेको छ। पुलिसले जानकारी गराएअनुसार सिलगढीदेखि पेलिङतर्फ आइरहेको एसएनटी बसमा मल्ली चेकपोस्ट पुलिसले जाँच गर्ने क्रममा युवक पक्राउ परेको हो। यस क्रममा पुलिसले कफ सिरप, स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। आरोपीले नशालुपदार्थ सब्जीको झोलामा मिसाएर ल्याएका थिए। विशेष गरेर मल्ली थानाका एसएचओ किशोर छेत्रीको निगरानीमा जाँच गरिएको थियो भने जफ्त गरिएको नशालुपदार्थ सिल गर्ने प्रक्रिया थाना प्रभारी लता बरदेवा लगायत अन्य अधिकारूहरूको उपस्थितिमा सम्पन्न भएको थियो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement