नशामुक्त कार्यक्रम अन्तर्गत आगामी ३ जुलाईमा फ्रिडम रनको आयोजना

n624555131172244982340605e2e16dc40962afbe6c5154785fc03207586668bfe6c61c6b92401a01ebd73a

गान्तोक: गान्तोक जिल्ला प्रशासनिक केन्द्र र सामाजिक न्याय विभागको पहलमा नशामुक्त कार्यक्रम अन्तर्गत आगामी ३ जुलाईमा फ्रिडम रनको आयोजना गर्ने भएको छ। यसै विषयलाई ध्यानमा राख्दै आयोजक पक्षले हिजो कर्टेन राइजिङ आयोजना गऱ्यो।

आगामी ३ अगस्तको दिन खेलगाउँस्थित रेशीथाङमा नशामुक्त भारत अभियान अन्तर्गत फ्रिडम रनको आयोजना गरिने बताइएको छ। उक्त कार्यक्रकको शुरूवात हिजो गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङ्पाले गरे। सो कार्यक्रममा गान्तोकका पार्षद सन्दीप मालु लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक दिले नामग्याल बर्फुङ्पाले नशालु पदार्थबाट प्रभावित बनेका परिवारले भोग्न परिरहेको विभिन्न प्रकारको समस्याबारे जानकारी गराए। नशालु पदार्थको सेवनले गर्दा राज्यको विकासमा पनि केही वाधा उत्पन्न भएको उनले अवगत गराए। वर्तमान सरकारले राज्यका युवाहरूलाई नशालु पदार्थबाट टाडा राख्ने उद्देश्य़ले खेलकूद सुविधा निर्माण गरी युवालाई उत्पादनशील बन्न र सामाजिक विकासमा योगदान पुऱ्याउन सहयोग गरिरहेको विधायकले बताए।

यसै क्रममा सारिका प्रधानले आगामी ३ जुलाईको दिन आयोजना गरिने फ्रिडम रनबारे जानकारी गराइन्। उनले राज्यमा नशालु पदार्थको दुरुपयोग र वर्तमान स्थिति र स्वास्थ्य समाजको निर्माणमा सहयोग गर्ने केन्द्र र राज्य सरकारका कार्यक्रमहरूको बारेमा अवगत गराइन्। उनले राज्यमा नशालु पदार्थको दुरुपयोग नियन्त्रण गर्न समाज, सरकारलगायत सबैको दायित्व रहेको अवगत गराइन्।

सोही प्रकारले फिटनेस आइकनको रूपमा चिनिने सञ्जय बुढाथोकीले आफ्नो खेलकूदको यात्राबारे जानकारी गराउँदै कसरी आफूलाई स्वास्थ्य राख्न सकिन्छ भन्नेबारेमा बताए।

About Author

Advertisement