नव जागरण च्यालेञ्ज ट्रफीः मिरिक भिक्ट्री क्लब र अंकित स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

IMG_20221012_195937.jpg

१२ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा बुधवार पहिलो दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा मिरिक भिक्ट्री क्लबले पंखाबारी एफसी-लाई ३-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा अंकित स्पोर्टिंग क्लब (बुङकुलुंग)-ले नयाँकमान एफसी-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।
अब बिहीवार खेलिने पहिलो म्याचमा जंक्शन स्टार सिलगढ़ी र फूलबारी एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच एसएम मरमाह र मिलिक कलेजबीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement